फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई दिने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सरकारलाई जिम्मा लगाउने निर्णय गरेको छ । गोकर्णेश्वर नगरपालिकाको संयोजनमा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका लागि पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । महर्जनले पीडिए गर्नका लागि धेरै शर्तहरु नेपवेस्टले प्रस्ताव गरेको तथा स्थानीय पालिकाहरुले नेपवेस्टको मागअनुसारको जग्गा दिन नसक्ने र नेपवेस्टको टर्म अफ रेफेन्स बनाउँदा कुनैपनि पालिका संलग्न नभएकाले यस विषयमा बाँकी काम सरकारले नै गर्नेगरी उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्नका निम्ति सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको बताए ।

बैठकले काठमाडौं उपत्यकामा अबदेखि स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको पनि प्रमुख महर्जनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर