धम्की दिएर लाखौं रकम असुली गर्ने व्यक्ति पक्राउ

काठमाडौं । रौतहटको एक व्यापारीलाई पटकपटक फोनबाट धम्की दिएर रकम मागेको आरोपमा प्रहरीले एक जनालाई  गरेको छ । जिल्लाका एक जना व्यापारीलाइ फोन गरेर ५ लाखदेखि ५० लाख रकम माग्ने र रकम नदिए छोराछोरीलाइ अपहरण गर्ने भनी धाकधम्की दिनेलाइ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार आयोजना गरेको पत्रकार सम्मलेनमा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले मोबाईल नम्बर ९८०१५७७५१० बाट पटक-पटक फोन गरी रकम माग्ने आरोपमा फतुवा बिजयपुर नगरपालिका वड़ा नम्बर ८ निवासी भगवान साह पक्राउ परेको बताए ।

साहले फोनबाट रकम माग्दै आएको र अपहरण गर्ने समेत धम्की दिएको पीडि़तले दिएको सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा मोबाईल नम्बर प्रयोग गरेको सिमकार्डको आधारमा साहलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए । घटनामा संलग्न रहेका अन्य व्यक्तिको विषयमा खोजतलाश जारी रहेको तथा पक्राउ परेका साहलाइ आपराधिक लाभ लिने कसूर अपराधमा कानुनी कारबाहीको प्रक्रियाअगाडि बढ़ाइएको प्रहरीले जनाएको छ ।


यसैगरी लाखौं नक्कली रुपैयाँसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ स्थित पटेल चोकबाट लाखौं नक्कली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गएको हो ।

पक्राउ परेका रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुरका निवासी २५ वर्षीय सन्दीप यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार जैसवाललाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोटसहित पक्राउ गरेको बताए ।

पटेल चोकमा बिहीबार सवारी चेकको क्रममा प्रहरीले जैसवालको साथबाट १ हजार ८ सय ४३ थान १ हजार दरको नक्कली नोटसहित विभिन्न बैंकको एटीएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् । यसअघि पनि रौतहटमा विभिन्न ठाउँबाट नक्कली नोटसहित प्रहरीले आठजनालाई पक्राउ गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर