सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

काठमाडौं ।  सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ सय ८८ जनाको आवेदन माग गरेको छ । आज निकालिएको सूचनामा आउँदो माघ २१ गतेसम्म नियमित र दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन भर्न सकिने उल्लेख छ ।

माग गरिएकामध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ६५ जना भान्से, १० जना कूचीकारलगायत रहेका छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेका र सहायक निरीक्षकका लागि २१ वर्ष पूरा भइ २३ वर्ष ननाघेको हुनु पर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर