मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरूप यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका धेरै स्थानलाई यतिबेला हुस्सु र कुहिरोले ढाकेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक९दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू९भागमा आंशिक बदली भएर उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

काठमाडौं उपत्यकामा यस वर्षअन्तर्गत आज शुक्रबार अहिलेसम्मकै चिसो भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो। ‘यो उपत्यकाका लागि यस हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने अनुमान छ । उपत्यकाको अधिकत तापक्रम पनि केही दिनयता ओरालो लागिरहेको छ। महाशाखाको विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर