शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आज १ पाउण्डको खरिददर १६८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५९ पैसा छ। आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा तोकिएको छ।

आज १ यूरोको खरिददर १४५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४६ रुपैयाँ २३ पैसा तोकिएको छ। त्यसैगरी आजको लागि कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा तोकिएको छ भने स्वीस फ्रान्क १ को खरिददर १५६ रुपैयाँ ३० पैसा र बिक्री दर १५७ रुपैयाँ ०१ पैसा तोकिएको छ। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ०१ पैसा तोकिएको छ भने बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०४ पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर