नारायणहिटीलाई ग्राण्ड म्युजियममा विकास गरौं : नेपाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा उनले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रूपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताए ।

उनले संग्रहालयमा नेपालमा शासन गर्ने शासकहरू गोपालवंशी, महिसपाल, शेनवंशी, मल्लवंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने बताए । २०६२–०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेहरूका लागि राम्रो हुने बताए ।

उनले भने, ‘हामीकहाँ जुन नारायणहिटी छ, त्यो नारायणहिटीलाई एउटा ग्राण्ड म्युजियम बनाऔँ । त्यो ग्राण्ड म्युजियम बनेको नेपालको जहिलेदेखि नेपाल देशको बारेमा नेपालको बारेमा अस्तित्वमा आयो वा मानव जातिको अस्तित्व देखियो, त्यो रामापिथिकसदेखि सुरु गरेर नेपालमा शासन गर्ने शासकहरू छन्, गोपालवंशी, महिसपाल, शेनवंशी, मल्लवंशी, राणा, शाह हुन्, सबै गरेर २०६२र०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी हामीले बनायौँ भने पूरा दुई, तीन दिन अध्ययन गर्न सकिन्छ । संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरूका लागि पनि एकै ठाउँमा उनीहरूले हेरेर ठुलाठुला थेसिस लेख्न र तयार गर्न सक्छन् । गणतन्त्रसम्बन्धी एउटा छुट्टै बेग्लै एउटा स्मारक बनाउनुपर्छ ।’’ उनले लखन थापामगरदेखि अहिलेसम्मका जनताको लडाइँ, सङ्घर्ष, त्याग, तपस्या बलिदानका गाथाहरू त्यसमा लेखिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर