नेप्सेमा आज बिहीबार ८.७१ अंकले गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ८.७१ अंकले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५ अर्ब ५८ करोड ११ लाख ७ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये ११३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कालिका पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड, विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि आएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ६।५६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ३३ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर