जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८

काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।

इशिकावा प्रान्तको नाेटाे क्षेत्रमा सोमबार ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर