बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ।  बुधबारको कारोबारको तुलनामा आज धेरैजसो बिदेशी मुद्राको भाउ घेटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा तोकिएको छ। हिजो १ अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा थियो।

त्यसैगरी आजको लाागि बेलायती १ पाउण्डको खरिददर १६७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५९ पैसा तोकिएको छ। हिजो एक युरोको खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३० पैसा थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज १ यूरोको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ।

मंगलबार १ यूरोको खरिददर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा थियो। बुधबार १ यूरोको खरिददर १४६ रुपैयाँ २ पैसा र बिक्री दर १४६ रुपैयाँ ६२ पैसामा झरेको थियो। त्यसैगरी आजको लागि कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ। हिजो १ रियालको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा थियो।

त्यसैगरी स्वीस फ्रान्क १ को खरिददर १५५ रुपैयाँ ७० पैसा र बिक्री दर १५६ रुपैयाँ ४० पैसा तोकिएको छ। हिजो स्वीस फ्रान्क १ को खरिददर १५६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५७ रुपैयाँ ४४ पैसा थियो।  त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर  ४३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १८ पैसा तोकिएको छ। हिजो कुबेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५६ पैसा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर