सेल्टा भिगोले रियल बेटिसविरुद्ध जित हासिल गर्यो

काठमाडौं । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सेल्टा भिगोले रियल बेटिसविरुद्ध जित हासिल गरेको छ। आज बिहान भएको प्रतिस्पर्धामा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो। भिगोको जितमा लागो अस्पास र विलियोट स्विडबर्गले एक÷एक गोल गरे भने रियल बेटिसका तर्फबाट ऐटोर रुइबलले एक गोल गरे।
खेलको छैटौँ मिनेटमा रियल बेटिसका रुइबलले सुरुवाती गोल गरे पनि १६औँ मिनेटमा भिगोका लागोले गोल फर्काएपछि बराबरी भएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा विलियोटले गोल थपेपछि भिगोले २–१ जित हात पारेको हो। यो जितसँगै सेल्टा भिगो १९ खेलबाट १६ अंकसहित तालिकाको १७औँ स्थानमा छ भने पराजित रियल बेटिस २८ अंक जोडेर सातौँ स्थानमा छ।
प्रतिक्रिया