मेरा लागि सबै नेपाली बराबर छन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्वराजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए ।  अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दीपक सिंह बुधबार भएको भेटमा सहभागी थिए । भेटमा पूर्वराजाले सबै नेपाली आफ्नो लागि बराबर रहेको बताएका थिए ।

भेटमा आफू ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्ने काम गरिरहेको बताएको राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– “हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरा लागि बराबर छन्।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर