नेप्सेमा बुधबार दोहोरो अंकको सुधार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दोहोरो अंकको सुधार भएको छ । आज नेप्से २७.९० अंकले बढेर दुई हजार ५८ विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये २०९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३० कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार छ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।  त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५.१० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको २६ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर