ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा पुस २१ मा

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले साधारणसभा बोलाएको छ । महासंघले १६ औं वार्षिक साधारणसभा पुस २१ गते शनिवार ललितपुरमा बोलाएको हो ।  ललितपुरको क्लासिक ब्याङ्क्वेट सानेपामा सभा हुने भएको छ । सभाको प्रमुख अतिथिमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेका छन् ।

महासंघ महासचिव राजेन्द्रबिक्रम बानियाँका अनुसार सभामा देशभरबाट तीन सय ५० हाराहारी व्यवसायीहरुको सहभागी रहने छ । हाल महासंघमा देशभरका २८ संघहरु आवद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर