नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय अधिवेशन टीकापुरमा हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ । पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ कैलाली आउने जनाएको छ । प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका शीर्ष नेताहरू पनि टीकापुर आउने कार्यक्रम रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए ।

यसैगरी, चौधरीले भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने जानकारी दिए । चौधरीले भने, ‘‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ । साथै माधव नेपाल, बाबुराम भट्टराई, सिके राउत र उपेन्द्र यादव पनि आउँदै हुनुहुन्छ ।’’ संरक्षक चौधरीले भने, ‘‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सन्देश पठाउनु हुनेछ । साथै सुदूरपश्चिमका मुख्यमन्त्रीज्यू आउनुहुन्छ ।’’

धनगढीमा बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका संरक्षक चौधरीले पार्टीको प्रथम अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर आउने बताए । चौधरीले नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनीत गर्नेछ । अधिवेशन तीन दिनसम्म टीकापुरमा सञ्चालन हुनेछ । टीकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी ५२ जिल्लामा विस्तार भएको छ । चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेका थिए । पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर