हेटौंडा सडक विस्तारविरुद्धका सबै रिट खारेज

काठमाडौं ।  हेटौंडा बजार क्षेत्रको २५ गज सडक विस्तारसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिट खारेज भएका छन्।  सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको मंगलबार बसेको संयुक्त इजलासले सडक विस्तारसम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गर्ने निर्णय गरेको हो।

याधीशद्वय सुवेदी र पोखरेलको संयुक्त इजलासले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौंडा बजार क्षेत्रअन्तर्गत गर्ने राजमार्गको सडक विस्तारविरुद्धका ३ सय बढी रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो।

यससँगै हेटौंडा बजार क्षेत्रमा २५‍-२५ गज सडक विस्तारको लागि सडक डिभिजन कार्यालयलाई फुकुवा भएको छ। हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन संघीय सरकारमातहत रहेको सडक डिभिजन कार्यालयले पहिलो पटक गत असार १० गते सूचना जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर