सुन तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौं ।  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर