संसदीय समितिको भागवण्डामा तीन प्रमुख दलबीच सहमति

काठमाडौं । प्रमुख तीन दलबीच संसदीय समिति गठन गर्ने विषयमा सहमति जुटेको छ । तीन दलबीच सोमबार राजधानीमा भएको छलफलमा १० वटा विषयगत समितिमध्ये प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वभावतः सार्वजनिक लेखा समितिबाहेक अन्य दुईवटा समितिको सभापति बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो ।
एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति एमालेले लिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर