‘महाजात्रा’मा हरिवंशको फरक अवतार

काठमाडौं । जात्राको सिक्वेल महाजात्राको ‘फस्ट लुक’ सार्बजनिक भएको छ । हरिवंश आचार्यलाई प्रमुख भुमिकामा राखिएको उक्त फिल्ममा आचार्य भिलेनको भूमिकामा देखिएका छन् । पोस्टरमा उनको भिलेन अवतार प्रस्तुत छ । उनलाई ह्वीलचेयरमा डोरीले बाँधेर राखेको देख्न सकिन्छ ।

चैत ९ गते प्रदर्शन हुने ‘महाजात्रा’ षट्कोण आर्ट्सले निर्माण गरेको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश, विपीन र दुई रवीन्द्रसँगै प्रकाश घिमिरे, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर