बालिकामाथि यौन दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका वडा नं. ५ कटरबारीका ३७ वर्षीय नवराज घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार घिमिरेले स्थानीय १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । आफ्नी छोरीमाथि घिमिरेले यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । घिमिरेमाथि बालिकाको संवेदनशील अंग समातेर यौन दुर्व्यवहार गरेको आरोप छ । घिमिरेविरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद लिए अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर