राष्ट्रियसभाको उम्मेदवारीबारे सत्ता गठबन्धनमा छलफल

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा पुस २३ गते उम्मेदवारी अगावै सिट बाँडफाँटका लागि छलफल सुरु गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफल भएको छ। प्रदेशमा दलहरुको मतभार र पदावधि सकिन लागेका सदस्य संख्याबारे सामान्य छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुने उनको भनाइ छ। तीन दिनअघि सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अहिलेसकै गठबन्धन सहज भएको निश्कर्ष निकाल्दै राष्ट्रियसभा निर्वाचनमा होमिने निर्णय गरेको थियो। छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

माओवादीबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपतिबाट मनोनीत एक सहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गते बिदा हुँदैछन्। त्यसमध्ये १९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ। एक सदस्य भने मन्त्रीपरिषद्को सिफरिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर