इमरान खानसहित पीटीआईका नेताकाे उम्मेदवारी रद्द

काठमाडौं ।  पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ । आयाेगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेकाे संसदीय चुनावमा उम्मेदवार बन्न खान अयाेग्य रहेकाे उल्लेख गर्दै उम्मेदवारी खारेज गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ । खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुकाे पनि उम्मेदवारी अस्वीकृत भएकाे पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले ट्वीटरमार्फत् जानकारी दिए ।

चुनावका लागि उम्मेदवारी दर्ता गर्ने हिजो अन्तिम दिन थियो । यसअघि गएको अगस्ट ५ तारिखमा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । निर्वाचन आयोगले उहाँलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ । खुर्रम शेर जमानले इमरान खानको उम्मेदवारी रद्द गरेको विराेधमा अदालत जाने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर