खेलाडी सवार गाडी दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं ।  मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका –१ चोर खोलामा शनिवार राति १ बजे खेलाडी सवार बस ट्रकसँग ठोकिएको थियो । हेटौंडाबाट धनगढी जाँदैगरेको सु.प. ०१–००१ ख ३३९२ नम्बरको बस र लु १ ख ८६०८ को ट्रक एकापसमा ठोकिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक तारिकचन्द्र चौधरीले बताए ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १२ वर्ष की उसु खेलाडी निता खड्का रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

घाइते हुनेमा उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, सृजना विसी, मुकेश कार्की, अस्मिता गाहा मगर, अभि महतो, हरिचन्द्र कार्की, दीपक चौधरी, ज्ञानु विक र निर्णायक खुसीराम थारु, राजीव गुप्ता, एलिसा खाती रहेको सुदूर पश्चिम प्रदेश खेलकुद परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर