रुसी मिसाइल आक्रमणबाट ३० जना युक्रेनी मारिए

काठमाडौं । रुसले युक्रेनमा गरेको ‘अहिलेसम्मकै ठूलो’ मिसाइल आक्रमणमा ३० जना मारिएका छन्। रुसले शुक्रबार बिहानदेखि नै किएभ, ओदेसा, निप्रोप्रेट्रोभस्क, खर्किभ र ल्भिभमा आक्रमण सुरु गरेको थियो। जसमा १६० भन्दा धेरै मानिस घाइते भएका छन्।

रुसले आफ्नो भण्डारमा रहेका लगभग सबै हतियार प्रयोग गरेर प्रसूति अस्पताल र घरहरुलाई लक्षित गरेर आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। युक्रेनी सेनाका अधिकारीहरुले एकैपटक यति धेरै मिसाइलहरु प्रक्षेपण गरिएको पहिलोपटक देखिएको बताएका छन्। पछिल्ला महिनाहरुमा किएभको हवाई सुरक्षामा व्यापक सुधार गरिएको बताइन्थ्यो। तर शुक्रबारको आक्रमणमा हवाई सुरक्षा प्रणाली निष्प्रभावी देखियो।

युक्रेनको वायु सेनाका १ जना प्रवक्ताका अनुसार रुसले एक्स–२२ प्रकारसहित हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइल प्रयोग गरेको छ। जसलाई रोक्न मुस्किल छ। उनले भने, ‘हामीले कहिल्यै पनि एकसाथ यति धेरै ठाउँमा निशाना लगाइएको देखेका थिएनौं।’ रुसले १५८ मिसाइल तथा ड्रोनबाट हमला गरेकोामा ११४ वटालाई खसालेको युक्रेनी सेनाको दाबी छ। रुसको आक्रमणबाट राजधानी किएभमा ९ जना मारिएका छन्। हवाई हमलाविरुद्ध आश्रयस्थलको रुपमा प्रयोग हुँदै आएको एउटा मेट्रो स्टेशनमा पनि हमला भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर