विद्यार्थीको प्रश्नः जनशक्ति नेपालका लागि कि विदेश पठाउन ?

काठमाडौं । विद्यार्थीले विश्वविद्यालय सडक बहस सुरु गरेका छन् । काठमाडौंमा नेपाल लः क्याम्पस अगाडि विद्यार्थीले विश्वविद्यालयमा सुधारको माग गर्दै विश्वविद्यालयमा विद्यमान राजनीतिक अराजनकताको अन्त्य हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्नेलगायतका माग राखेका छन् । विश्वविद्यालय सडक बहस कार्यक्रममा नेपाल लः क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले विश्वविद्यालयहरूमा पठनपाठनको अवस्था निराशाजनक रहेको बताए ।

कार्यक्रममा सहभागी विद्यार्थीले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको औंल्याए । उनीहरूले विश्वविद्यालयलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत हुनुपर्ने बताए । उनीहरूले विश्वविद्यालयबाट उत्पादित जनशक्ति नेपालका लागि कि विदेश पठाउन भन्दै प्रश्न पनि गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर