आज सुन प्रति तोलामा १३ सय घट्यो

काठमाडौं । आज शुक्रबार सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीबार एक हजार तीन सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ मूल्य कायम भएको थियो । अस्ति बुधबार पनि सुन तोलाको एक लाख २० हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर