वेस्टह्याम र ब्राइटन विजयीहुँदा आर्सनल र टोटनहम पराजित

काठमाडौं । इङलिस प्रिमियर लिगमा फुटबलमा आर्सनल वेस्ट ह्यामसँग पराजित भएको छ । गए राति इमिरेट्स स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले घरेलु टोलीलाई २–० गोलले हरायो ।

यो जितसँगै वेस्ट ह्याम १९ खेलबाट ३३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । हारसँगै आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । आर्सनल १९ खेलमा ४० अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलबाट ४२ अङ्क छ । गएराति भएको अर्को खेलमा ब्राइटनले टोटनहमलाई ४–२ गोलले पराजित गरेको छ । जितसँगै ब्राइटन १९ खेलबाट ३० अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । १९ खेलमा ३६ अंकसहित टोटनहम पाँचौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर