गहुँको समर्थन मूल्य : प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ
काठमाडौँ । सरकारले २०८०/०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको हो ।
बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले २०८०/०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको बताइन् ।
प्रतिक्रिया