भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्कियो

काठमाडौं । भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हो ।

खोलालाई थुनेर माटो भरेको ठाउँमा पिलर अड्याएर फर्मामाथि रड राख्ने काम जारी थियो । एक्कासि रडको लोड थाम्न नसकेर स्लाब ढलानको फर्म भाँचिएको पूर्वाधार कार्यालय भोजपुरका फिल्ड इन्जिनियर सोहन कुमार महासेठले जानकारी दिए । पुल ठेकेदार र इन्जिनियरको लापरबाहीले गर्दा भाँचिएको स्थानीयले आरोप लगाएका छन् । यस्तै, पुल निमार्णको काम २०७७ सालदेखि सुरु भई यही वैशाखसम्ममा निमार्ण सम्पन्न गर्नुपर्ने सम्झौता छ । पुल निमार्णको जिम्मा दिव्य ज्योति कन्स्ट्रक्सनले कुल ६ करोड लागतमा ठेक्का लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर