भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने,साढे २ अर्बको कारोबार हुने अपेक्षा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए ।

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । उनले अहिलेको देशको आर्थिक अवस्था केही असहज भएपनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताए । हरेक नागरिकहरूका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरूबारे चासो राख्न सकिने बताउ । उनले यस वर्ष २ अर्ब ५० करोड रूपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताए ।

उनले भने, ‘हामीले यो एक्स्पो २०८० साल पौष १२ गतेदेखि १५ गतेसम्म गर्दैछौँ । यो कार्यक्रम भृकुटीमण्डपमा आठौं रियल स्टेट स्क्स्पोको रुपमा हुँदैछ । हाम्रो जस्तो देशमा यो घरजग्गा शेयरको बजारजस्तै गरेर बजारको अवस्था छैन । त्यसकारणले पनि प्रत्येक वर्ष घर जग्गा मेला गर्दै आएका छौँ । कोभिडले गर्दा केही वर्ष गर्न सकेनौँ । र अहिले अवस्था अलि विपरीत अवस्था भएपनि बायर्स र सेलर्सको कुरामा महत्वपूर्ण छ । सबै सेलर्सहरु हुनुहुन्छ, कहाँ कति अपार्टमेण्टहरु बन्दैछ, र घरजग्गा कस्तो कम्पनीबाट कहाँ बिक्री हुँदैछ भन्ने कुराको जानकारी आउनेछ । यो घरजग्गाको मेला भनेको मार्केट भयो, त्यसको जानकारी गर्नका लागि हामीले यो मेला सुरु गरेको हो । यो हरेक नागरिकलाई महत्वपूर्ण छ । यो कसरी उपलब्ध हुनसक्छ भन्दा बायर्सलाई आफ्नो प्रोडक्ट सेल गर्नुपर्ने हुन्छ । यो आठौं रियस एक्स्पो हो । हामी दुवैलाई फाइदा छ ।’

कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरूले गर्ने आयोजकले आकलन गरेको छ । उनले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर