गाउँ रित्तिदै गएकोमा राष्ट्रपति पौडेलले व्यक्त गरे चिन्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमाथि गाउँगाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भएपनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्र पछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैले यस समस्याको समाधान खोज्नुपर्ने बताए । शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरू विदेशिने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेकामा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर