प्रधानमन्त्री दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको कार्यकाल एक वर्ष पुरा भएको अवसरमा उनले सम्बोधन गर्न लागेका हुन् ।

मंगलबार साँझ पाँच बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललार्ई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेसँगै उहाँ तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

यसअघि २०६४ र ०७४ सालमा पनि प्रधानमन्त्री बन्नु भएका दाहालले सुशासन र संवृद्धिलाई केन्द्रमा राखेर काम गर्दै आएको दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर