ठूला पार्टीप्रति जनताको चासो नभएको कुरा देउवाले बुझ्न थाले

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेस, माओवादीलगायत ठूला दललाई जनाताले उपेक्षा गरेको आफूले महसुुस गरेको बताएका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका हुन् ।

सभापति देउवाले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक औंल्याएको उक्त पार्टीका एक सांसदले बताए । कांग्रेस पार्टीको संसदीय दलको बैठक आगामी बजेटसँग सम्बन्धित थियो । देउवाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर