उल्भ्ससँग चेल्सी पराजित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग चेल्सी पराजित भएको छ ।  गएराति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै उल्भ्सले जित निकालेको हो । उल्भ्सका लागि मारियो लेमिना र मेट डोहर्टीले एक–एक गोल गरेका थिए । चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए ।

पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो । यो खेलपछि चेल्सी १८ खेलबाट २२ अंकका साथ तालिकाको १०औँ स्थानमा छ भने समान अंक भएको चेल्सी गोल अन्तरका आधारमा ११औँ स्थानमा छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर