शेयर बजार २१ अङ्कले घट्याे, ७ अर्ब ११ कराेड रुपैयाँकाे काराेबार

काठमाडौं ।  शेयर बजार परिसूचक नेप्से आज आइतवार दाेहाेराे अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेकाे छ ।

आज हाइड्राेपावर, बीमा र अन्य बाहेक अरू समूहकाे शेयर घटेकाेमा उत्पादन तथा प्रशाेधन, व्यापार, हाेटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज ज्याेति विकास बैंक बाेन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन आज पाँच वटा कम्पनीकाे शेयरमा सकारात्मक सर्किट लागेकाे छ ।

आज एक कराेड ८५ लाख कित्ता शेयर सात अर्ब ११ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे ३० कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर