लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीका लागि १ वर्ष थप

काठमाडौं । लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष पाएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गरी परिस्थितिजन्य कारणले समस्यामा परी कर्जा नियमित गर्न नसकेका ऋणीलाई कर्जा भुक्तानीको लागि १ वर्ष थप हुने गरी कर्जा पुनर्तालिकीकरण र/वा पुनर्संरचना सुविधा दिइएको छ। २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनर्तालिकीकरण र/वा पुनरसंरचना गर्न सकिने निर्देशनमा उल्लेख छ।

‘लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्नुपरेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्न सक्नेछन, निर्देशनमा उल्लेख छ। कर्जा पुनर्तालिकीकरण र/वा पुनर्संरचना २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाख मसान्तभित्र गरिसक्नुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर