गणतन्त्रलाई कमजोर बनाउन काम भइरहेको देउवाको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिई गम्भीर बन्नुपर्ने विचार पनि व्यक्त गरे । उनले स्व. भट्टराई कुनै पनि बदनामले नछोएको व्यक्ति भएको बताउँदै भने, “नेता भट्टराईको विषयमा खोजेर पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्छ”

उहाँले भने, ‘‘भट्टराईजीका बारेमा जति बोले पनि पुग्दैन। उहाँ निर्लोभी, कुनै पनि बद्नामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो। वास्तवमा उहाँको विषयमा खोजीनीति हुनुपर्छ। उहाँको विश्लेषण हुनुपर्छ। उहाँको कुरा किताबमा लेख्नुपर्छ। यो कुरामा हामी लागेका छौँ। कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा अवश्य पनि मलाई विश्वास छ। हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान् मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि अहिले पनि विभिन्न किसिमका कुराहरू आइरहेका छन्। अहिले पनि गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ। यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ। गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो। ’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर