डेङ्गु सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा धेरै : डब्ल्युएचओ

काठमाडौं । लामखुट्टेबाट सर्ने डेङ्गुबाट यो वर्ष सन् २०२३ मा ५० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ । यस वर्ष ५० हजार जनाभन्दा धेरैले डेङ्गुबाट ज्यान गुमाएका छन् ।

डब्ल्युएचओले डेङ्गुको जोखिम पछिल्लो वर्ष बढ्दै गएको र यसमा जलवायु परिवर्तन पनि आंशिक रूपमा कारण रहेको उल्लेख गरेको छ । उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फैलिने गरेको र डेङ्गुको सङ्क्रमण बढेको डब्ल्यूएचओले जनाएको छ । विश्वका चार अर्ब मानिस डेङ्गुको जोखिममा रहेका र सङ्क्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने गरेका छन् । लक्षणविहीन सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको छ ।

डेङ्गुको कुनै खास उपचार नभएकाले, प्रारम्भिक पहिचान र डाक्टरको निगरानीमा हुने उपचारबाट स्वास्थ्यमा सुधार ल्याउन सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर