शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा संयुक्तरुपमा शनिबार आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा मन्त्री बस्नेतले प्रधानमन्त्रीको पटकपटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

“बिरामीले खचाखच हुने यो केन्द्रको विस्तारका लागि भक्तपुर र नागार्जुनमा चाँडै जग्गा उपलब्ध गराउने छौँ”, उनले भने, “जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीबाट पटकपटक निर्देशन आइसकेको छ । अब जग्गाको लागि भौँतारिनुपर्ने अवस्था छैन । जग्गाको विषय चाँडोभन्दा चाँडो टुङ्गोमा पु¥याउन मन्त्रालय प्रतिबद्ध छ ।”

प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा चिकित्सा शिक्षा ऐनले वाधा पुगेकाले त्यसलाई संशोधन गर्न आवश्यक भएकामा जोड दिए । ऐन संशोधन नहुँदा ७३ वटा नर्सिङ कलेज बन्द भएका छन् भने एक खर्ब ४३ अर्ब चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जानेले बाहिर लगेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर