आइतबार विशेष पत्रकार सम्मेलन आयोजना गर्दै एमाले

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिएका छन् ।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो । सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर