टायर पड्केर कार अनियन्त्रित हुँदा चालकको मृत्यु

काठमाडौं ।  चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट कालिका नगरपालिकाको खोले सिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो ।

कालिका नगरपालिका वडा नम्बर १ लंकालाइनमा भरतपुरबाट खोले सिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।

दुर्घटनामा कार चालक काठमाडौं महानगरपालिका–५ का विष्णु क्षेत्रीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर