बारा २ को मतगणना लाइभ गर : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बारा २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै उनले मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका हुन्।

अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘बारा २ मा मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी २ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मच्चाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो। प्रहरी प्रमुखको मिलेमतो थियो।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर