गोलकिपर विशाल श्रेष्ठद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा हिजो टोलीले अन्तिम खेल खेलेपछि विशालले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् । उनी एफसी चितवनको कप्तान समेत थिए । अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने लागेर सन्यास लिएको उनले बताएका छन् । उनले नियमित लिग भएको खण्डमा क्लब फुटबलमा केही समय खेल्ने पनि बताएका छन् ।

सन् २०११ मा पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका विशालले सन् २०२१ को सेप्टेम्बर ५ तारिखमा भारतसँगको खेलमा परिवर्तीत खेलाडीका रुपमा डेब्युको अवसर पाएका थिए । दशरथ रङ्गशाला भएको दोस्रो मैत्रीपूर्ण खेलमा कप्तान एवं गोलकिपर किरण चेम्जोङको ठाउँमा ८६औँ मिनेटमा उनी मैदान छिरेका थिए । विशाल राष्ट्रिय टोलीबाट धेरै मौका नपाएका तर घरेलु फुटबलमा सफल गोलकिपरका रुपमा पर्छन् । मनाङ मर्स्याङ्दी क्लबबाट ‘ए’ डिभिजन लिग जितेका उनी दुई पटक मछिन्द्र क्लबबाट च्याम्पियन बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर