राष्ट्रपति पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री अलीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो।

भेटमा नेपाल र श्रीलङ्काबीच द्विक्षीय सम्बन्ध, आपसी हित र चासोको बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन्। परराष्ट्रमन्त्री अली नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन पुस ५ गते नेपाल आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर