सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ। बिहीबार १ लाख १९ हजार रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख १९ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।

तेजाबी सुन १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर