हलिउड स्टार भिन डिजलविरुद्ध यौन दुर्व्यवहारको आरोप

काठमाडौं ।  फास्ट एन्ड फ्युरिअस सिरिजका प्रमुख अभिनेता भिन डिजेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप एक महिलाले लगाएकी छन्। उनले डिजलविरुद्ध मुद्दा दर्ता गराएकी छन्। सन् २०१० मा फास्ट फाइभको सुटिङका क्रममा डिजलले आफूमाथि आक्रमण गरेको अस्टा जोनासनको आरोप छ। उनी त्यतिबेला डिजलको सहयोगी थिइन्। डिजलले होटलको सुइटमा आफूमाथि आक्रमण गरेको उनको भनाइ छ।

सो घटनालगत्तै आफूलाई कामबाट निकालिएको पनि उनले जनाएकी छन्। सो मुद्दा उनले बिहीबार लस एन्जलसमा दर्ता गराएकी छन्। ५६ वर्षीय डिजलको वास्तविक नाम मार्क सिंक्लेयर हो। उनले डिजलकी बहिनी समान्था भिन्सेन्ट र प्रोडक्सन कम्पनीविरुद्ध पनि मुद्दा हालेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर