चेक रिपब्लिकमा अन्धाधुन्द गोली प्रहार गरी १५ जनाको हत्या

काठमाडौं ।  चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा गोली प्रहार गरी १५ जनाको हत्या गरिएको छ । प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट १५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । एक जना बन्दुकधारीले गोली प्रहार गरी १५ जनाको हत्या गरेका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । गोलीकाण्डमा बन्दुकधारीको पनि मृत्यु भएको समाचारमा उल्लेख छ । गोली प्रहारबाट २४ जना घाइते भएका छन् । चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । चेकका राष्ट्रपति पेटर पावेलले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर