राष्ट्रपतिको उपचारका लागि थप १० लाख निकासा
काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रुपैयाँ निकासा गरेको छ।
२०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा नौ लाख ९५ हजार रुपैयाँ उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ अनुसार यो रकम उपलब्ध गराएको हो ।
प्रतिक्रिया