शेयर बजारमा ३२.७७ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३२.७७ अंकले घटेर दुई हजार एक सय ९ दशमलब १० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ४३ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ५० कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ३ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । त्यस्तै, सुर्यजयोती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.४४ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३० करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर