चीनको कोइलाखानीमा दुर्घटना हुँदा १२ को मृत्यु

काठमाडौं ।  उत्तरपूर्वी चीनको एक कोइलाखानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

स्थानीय समयअनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागस्थित कोइलाखानीमा भएको  राज्य प्रसारक सिसीटिभीले जनाएको छ । दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको तथा घाइतेलाई उपचारका लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार गतवर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइलाखानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर