सुदूरपश्चिममा भेटियो दुईजना कोभिड संक्रमित

काठमाडौं ।  सुदूरपश्चिममा  कोभिडको संक्रमण देखिएको छ । बुधबार र मंगलबार एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए ।

ती महिला भारतको बैङ्लोरबाट फर्किएकी फर्किएकी थिइन् । अहिले उनीहरु दुबैजना होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर